१४ बैशाख २०८१, शुक्रबार 1714156273
Banner

सत्ता गठबन्धनको बैठक बिना निश्कर्ष टुंगियो

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि मापदण्डमै सहमति नभएपछि मंगलबारको बैठक पनि निष्कर्षविहीन भएको छ । बुधवार पुनः छलफल गरेर भदौ ९ गतेसम्म टुंगो लगाइने कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कार्यदलका संयोजक कृष्ण सिटौला उपस्थित हुन नसकेका कारण बैठक बुधवारका लागि सारिएको उनले बताए । गठबन्धनबीच स्थानीय तहको चुनावका साथै २०७४ सालको समानुपातिक मतलाई समेत सिट बाँडफाँटको मुख्य आधार बनाइएको उनले बताए ।

मापदण्डमात्र भनेर नहुने भन्दै उनले चुनाव जित्नेगरी गठबन्धन गरिने उनको भनाइ छ । उनले बुधवार साँझ ५ बजे बस्ने बैठकले निष्कर्ष निकाल्ने र ढिलोमा ९ गते विहीवारभित्र टुंगो लाग्ने बताए ।