१४ बैशाख २०८१, शुक्रबार 1714173829
Banner

६५८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । देशभर थप ६५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६४३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४०५ तथा एन्टीजेन विधिबाट २५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । हालसम्म नेपालमा ११ हजार ९९३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् । 

त्यस्तै, थप ४५६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।