१४ बैशाख २०८१, शुक्रबार 1714191963
Banner

बालाजुको जुत्ता कारखानामा आगलागी

काठमाडौँ । काठमाडौँको बालाजुस्थित बाइसधारामा एक जुत्ता चप्पल कारखानामा आगलागी भएको छ । 

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासको औद्योगिक क्षेत्रनजिकै रहेको वान वर्ल्ड जुत्ता चप्पल कारखानामा आगो लागेको हो ।

अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको र आगो निभाउने प्रयास भइरहेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले जानकारी दिनुभयो ।

आगो निभाउनका लागि दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन ।

थप विवरण आउन बाँकी।