१६ बैशाख २०८१, आईतवार 1714309178
राजनीति

एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्ष ढकालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालबीच भेटवार्ता भएको छ । निर्वाचनको मिति घोषणापछि दूई नेताबीच ओलीनिवास बालकोटमा भेट भएको हो ।

स्थानीय निर्वाचनमा एमाले र परिवार दलले चुनावी सहकार्य गरेका थिए । भेटमा स्थानीय निकायको निर्वाचनको समीक्षा हुनुका साथै अगामी निर्वाचनमा पनि दुई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले बताउनुभयो ।

दुबै नेताबीच आपसी संवाद र छलफलको माध्यबाट अगाडि बढने र परिवार दलले एमालेलाई स्थानीय निकायमा सर्पोट गरेकोमा अध्यक्ष ओलीले प्रशन्नता ब्यत्त गरेको पौडेलले बताउनुभयो ।