२३ बैशाख २०८१, आईतवार 1714893305
Banner

शंकास्पद व्यक्ति चढेको आशंकामा मुम्बई उड्न लागेको विमान रोकियो, श्रीमान श्रीमती पक्राउ

नेपाल एयरलाइन्सको जहाजबाट मुम्बई उड्न लागका २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले नियन्त्रणमा लिएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका २ जना मुम्बई जाने तयारीमा थिए । श्रीमान श्रीमतीका रुपमा पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।

ढोका बन्द भएर उड्न लागेका बेला सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको हो । प्रवक्ता खड्काका अनुसार जहाज उड्न कम्तीमा २ घण्टा लाग्नेछ । सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइने उनले बताइन् ।

काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच गरिएको थियो ।