१३ बैशाख २०८१, बिहीबार 1714054942
Banner

९१५ जनामा कोरोना पुष्टि

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार ९१ पिसिआर परीक्षणका क्रममा ५ सय ९० जना र २ हजार ९ सय ११ एन्टीजेन परीक्षणका क्रममा ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय १ जना निको भएका छन् । हाल नेपालमा ५ सय ४ सय ३३ सक्रिय संक्रमित आइशोलेसनमा रहेका छन् ।