१५ बैशाख २०८१, शनिबार 1714213616
Banner

गोलकिपर किरण चेम्जोङले खेल मैदानमै गरे प्रेमिकालाई प्रपोज

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले खेल मैदानमा प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन्।
माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले उपाधि उचालेको स्थानमा प्रेमिका कन्चन निरौलालाई प्रेम प्रस्ताव राखेका हुन् ।

सामाविक सञ्जालमा भिडियो उनले आफूले यो पल जीवनको अन्तिम समयसम्म पनि नभुल्ने बताएका छन् । उनले लेखेका छन्, ‘मैले तिमीलाई रोजेँ, तिमीलाई नै रोज्नेछु र रोजिरहनेछु, कुनै विराम बिना, कुनै शङ्का बिना, मुटुको धड्कनमा । म तिमीलाई नै रोजिरहनेछु ।’

उनले थपेका छन्, ‘मेरो जीवनमा बहार बनेर आइदिएकोमा तिमीलाई धन्यवाद दिन चाहन्छु । मेरो जीवनको उतार चढावमा पनि तिमीले मलाई सधैँ साथ दियौ, हाँस्न सिकायौ । साँच्चै भन्नुपर्दा म असाध्यै खुसी छु । आहा कति मिठो पल, यो दिनलाई मेरो अन्तिम साससम्म बिर्सने छैन ।’

कन्चनले किरणको प्रेम प्रस्ताव स्वीकार गरेकी छिन् । कन्चन एयर होस्टेज हुन् । उनीहरु डेढ बर्षदेखि प्रेम सम्बन्ध थिए ।