६ बैशाख २०८१, बिहीबार 1713464340
Banner

म्याग्दी पहिरो अपडेट : एकै परिवारका पाँच जनाको मृत्यू, दुईजना बेपत्ता

बेनी- म्याग्दीमा आज बिहान पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ। म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार जिल्लाको मालिका गाउँपालिका–२ रुममा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो।

‘प्रहरी टोली भर्खरै घटनास्थल पुगेकोछ । बेपत्ता भएका तीन जनाको पनि शव भेटिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । यससँगै मृतकको संख्या ५ पुगेको छ। सबै जना एकै परिवारका हुन्।

पहिरोमा परी ३८ वर्षीय घामबहादुर, पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र नाम नखुलेकी ५ वर्षीया छोरीको शव फेला परेको हो।