१५ बैशाख २०८१, शनिबार 1714199975
राजनीति

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल कोभिड १९ बाट संक्रमित हुनुभएको छ ।

हिजो गरिएको परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि उहाँ धापासीस्थित निवासमै आराम गरिरहनुभएको छ । उहाँलाई निमोनियाको लक्षण पनि देखिएको जनाइएको छ।

स्वास्थ्य समस्याका कारण उनका प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको उहाँको निजी सचिवालयले जनाएको छ।