१३ बैशाख २०८१, बिहीबार 1714064219
Banner

भाउजुलाई जोगाउन खोज्दा देवर देउरानीको ज्यान गयो

दाङ- लुगा सुकाउने क्रममा भाउजुलाई करेन्ट लागेपछि जोगाउन गएका देवर र देउरानी दुवैको ज्यान गएको छ । दाङको राप्ती गाउँपालिका–२ का २८ वर्षीय बासु गाहामगर र २५ वर्षीया श्रीमती हिमा गाहामगरको ज्यान गएको इलाका प्रहरी कार्यलय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिनुभयो । शाहका अनुसार दुवैजननको घटनास्थलमै मृत्यू भएको हो । भाउजु भीमा गाहाको अवस्था सामान्य छ ।

प्रहरी निरीक्षक शाहका अनुसार सोमबार दिउँसो कपडा सुकाउँदै गर्दा भिमा गाहामगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पगेकी थिइन् । तर हिमालाई पनि करेन्ट लाग्यो । त्यसपछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काए । तर तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेको थियो । । उनीहरुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।