२४ बैशाख २०८१, सोमबार 1715006963
Banner

साउने झरीको वेवास्ता गर्दै महँगीविरुद्ध सरकारलाई खवरदारी गर्न नेकपा एमाले सडकमा (फोटोहरु)

काठमाडौं । नेकपा एमालेले महँगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा राजधानीमा वृहत् जनप्रदर्शन सुरु गरेको छ ।

महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै एमालेले प्रदर्शन गरेको हो ।

बसन्तपुरबाट सुरु भएको विरोध प्रदर्शन प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै शान्ति बाटिकामा पुगेर समापन गर्ने कार्यक्रम रहेको छ । जनप्रर्दशनमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरूलगायतको सहभागीता रहेको एमालेले जनाएको छ ।