१४ बैशाख २०८१, शुक्रबार 1714119790
Banner

एमाले विभाग प्रमुखहरुको बैठक जारी, विभागीय कामको रिपोर्टिङ हुँदै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय विभागका प्रमुखहरुको बैठक जारी छ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख,उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उप-प्रमुख विष्णु रिजालले जानकारी दिनुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागीता रहेको छ।

बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको छ।