१३ बैशाख २०८१, बिहीबार 1714078320
राजनीति

महिला आयोगकी अध्यक्ष कमला पराजुलीमाथी अपमानजनक व्यवहार गर्नेलाई कारबाही गर्न अनेमसंघको माग


काठमाडौं । महिला अयोगकी अध्यक्ष कमला पराजुलीलाई अपमान जनक व्यहार गर्नेलाई कारबाही गर्न अखिल नेपाल महिला संघले माग गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै अनेमसंघले भनेको छ, नेपाली महिलाहरुको एकमात्र सम्मानीत संवैधानीक आयोग राष्ट्रिय महिला आयोगको वर्तमान अध्यक्ष माननीय कमला पराजुलीमाथी उहाँको निवास घेराउ गरी उहाँलाई बदनाम गरी अपमानीत गर्ने कार्य भएको छ । त्यस्तो निन्दनीय कार्य गर्नेलाई अखिल नेपाल महिला संघ खेद व्यक्त गर्दछ ।

हुलहुज्जत गर्न गएको समुहलाई ततकाल छानवीन गरी वास्तविकता पत्ता लगाएर उनिहरुमाथी हदै सम्मको कारबाहीको लागि नेपाल सरकार संग माग गर्दछौ अनेमसंघले भनेको छ । आयोगका अध्यक्षमाथी भएको यो हिंसा जन्य कार्यको ततकाल छानविन गरी उहाँमाथी मानहानी तथा अपमानको क्षतिपुर्ति लगायत आयोगमा सहज सुरक्षित र स्वच्छ वातावरणमा काम गर्न पाउने वातावरण श्रृजना होस भन्ने सरकारसँग अनेमसंघले जोडदार माग गरेको छ ।

महिला आयोग जस्तो गरिमामय संस्थाका अध्यक्षले नै हारगुहार र न्याय माग्नु परेपछि अन्य महिला न्यायका लागि कता जाने ? भन्दै अनेमसंघले गम्भिर प्रश्न तेस्र्याएको छ ।