१७ बैशाख २०८१, सोमबार 1714415503
राजनीति

अध्यक्ष दाहालसँग युरोपेली सङ्घका राजदूतको भेट

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष दाहाल निवास खुमटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने विषयमा छलफल भएको थियो ।

सो अवसरमा राजदूत डेप्रेजले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशामा अघि बढेको उहाँको भनाइ थियो । भेटमा अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया र विकासमा युरोपेली सङ्घले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो ।