१४ बैशाख २०८१, शुक्रबार 1714149365
Banner

भक्तपुर अपडेट : रुख ढलेर बसर र स्कुटलाई थिच्दा ३ जनाको मृत्यु


काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–१, सल्लाघारीमा गुडिरहेको बस र स्कुटरमा रुख ढलेर थिच्दा तीनजनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकाका एआईजी रवीन्द्र धानुकका अनुसार बसमा सवार दुई र स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो ।

आइतबार काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा२ख ३५८४ नम्बरको यात्रीवाहक बस र बा६१च नम्बरको स्कुटीमाथि सल्लाको रुख ढलेको थियो ।

घाइतेहरूको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।