८ बैशाख २०८१, शनिबार 1713595159
Banner

भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई किच्दा १६ जना घाईते, ६ जनाको अवस्था गम्भिर


भक्तपुर । भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तस्विर : हेमराज ढकाल

सल्लाघारी चोङा गणेशमा वनको रुख सडकमा ढल्दा काठमाडौंबाट भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो ।