१५ बैशाख २०८१, शनिबार 1714207210
Banner

इच्छाराज तामाङकी पत्नी पक्राउ

काठमाडौँ– काठमाडौँको सोल्टीमोडमा रहेको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले आज मंगलवार सहकारीकी लेखा समिति सदस्य सिर्जना शाक्य (तामाङ) लाई पुतलीसडकबाट पक्राउ गरेको हो ।

लेखा समिति सदस्य रहेकी उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २७ पुस २०७८ मा पक्राउ पूर्जी जारी भएको थियो । उनी फरार थिइन् ।

सहकारीले आकर्षक ब्याजदरको प्रलोभन देखाएर वचतकर्ताहरुले जम्मा गरेको ५ अर्ब चौरासी करोड ४० लाख एक्काइस हजार सात सय तेह्र रुपैयाँ दश पैसा ठगी गरेको पाइएपछि संस्थापक इच्छाराज तामाङलाई यसअघि नै पक्राउ गरेको थियो ।