१४ बैशाख २०८१, शुक्रबार 1714149572
Banner

एसईई वैशाख ९ गतेदेखि हुने

काठमाडौं – माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ ।

आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।