१४ बैशाख २०८१, शुक्रबार 1714111664
Banner

प्रदर्शनकारीले निवास घेरेपछि भागे श्रीलंकाली राष्ट्रपति

काठमाडौँ : श्रीलंकाका प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि राष्ट्रपति गोटाभाया राजापक्ष भागेका छन् । न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् ।

श्रीलंकामा आर्थिक संकट सुरु भएपछि शनिबार राजधानी कोलम्बोमा सबैभन्दा ठूलो प्रदर्शन गरिएको थियो । प्रहरीले भीडलाई तितरबितर गर्न अश्रुग्यास प्रहार गरेको सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यसलगत्तै सरकारी निवास छाडेर राष्ट्रपति राजापक्ष निवास छाडेर भागेको समाचार आएको हो आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर रुपमा सरकार विरोधी प्रदर्शन हुँदै आएका छन् ।

राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् ।