२०७९ आश्विन १६ आईतवार 1664758380
Banner

नेपाल प्रहरीका ३२ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सुची सहित)

काठमाडौ- नेपाल प्रहरीको बढुवा समितिले रिक्त ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दरबन्दीमा बढुवा सिफारिस गरेको छ । नेपाल प्रहरीका ३२ एसएसपीलाई बढुवामा सिफारिस गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा गणेश चन्द पर्नुभएको छ । उहाँ २०५१ मा प्रहरीमा भर्ना हुनुभएको हो ।

यस्तै दोस्रो नम्बरमा सिद्धिविक्रम शाह बढुवा सिफारिस हुनुभएको छ । उहाँ २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका ब्याची हुन् । उहाँको समूहलाई २०५८ मा नेपाल प्रहरीमा ल्याइएको थियो ।