२० बैशाख २०८१, बिहीबार 1714694376
Banner

खुला छलफलमा बोल्न प्रचण्डले दिए २ मिनेटको समय

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा खुला छलफल सुरु भएको छ । त्यसमा प्रचण्डले आफ्नो धारणा राख्न केन्द्रीय समिति सदस्यहरुलाई २ मिनेटको समय दिनुभएको छ ।

प्रचण्डले प्रतिवेदनमाथि लागेका कुराहरु २ मिनेटभित्र सक्न भन्दै फ्लोर खुला गर्नुभएको हो । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा आइतबार प्रचण्डले १० पन्ने राजनीतिक प्रतिवेदनमा पेश गर्नुभएको थियो । उहाँले प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने बताउनुभएको थियो ।