१४ बैशाख २०८१, शुक्रबार 1714143932
Uncategorized

देवरले भाउजूको शरीरमा पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा भाउजूको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका-१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाको राजकुमारीको श्रीमान रविनको आरोप छ । राजकुमारीको उपचारको क्रममा मृत्यु भएको हो ।

२१ माघ बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा  उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

प्रवक्ता काफ्लेले मृतकको श्रीमानको जाहेरीका आधारमा आगजनी गर्ने देवरको खोजी भइरहेको जानकारी दिए ।