१७ बैशाख २०८१, सोमबार 1714405004
Banner

विवाह गर्न अस्विकार गर्दा सुष्मा लामाको हत्या

काठमाडौं । प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्मा लामाको हत्या भएको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो। काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ स्थित तारेभिरकी लामाको तारेभीरकै जंगलमा गाडिएको अवस्थामा शव भेटिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा लामाकै छिमेकी २१ वर्षीय उपेन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ। उनले सुष्माको विभत्स हत्या गरेको खुलेको छ। पक्राउ परेका लामाले सुष्मालाई एकतर्फी मन पराएको र पटकपटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अनुसन्धानबाट खुलेको अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए।

माघ २२ गते कलेज जान्छु भनी घरबाट निस्किएकी १८ वर्षीया लामा सम्पर्कविहीन भएकी थिइन्। फागुन २५ गते उनको परिवारले हराएको भन्दै खोजि गरिदिन बौद्ध प्रहरीमा उजुरी दिएका थिए। खोजिका क्रममा फागुन २६ गते साँझ प्रहरीले गोकर्णेश्वर नगरपालिका ३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा लामाको शव फेला पारेको थियो।

उपेन्द्रले सुष्मालाई आठ महिनादेखि एकतर्फी मन पराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सुस्माले आफू विदेश जाने योजनामा भएको र विवाहको कुनै मनस्थिति नभएको बताएपछि रुपेन्द्रले हातले टाउकोमा हानेर बेहोस बनाएको देखिन्छ। त्यसपछि मरेको आशंकामा खाल्डो खनेर पुरेको देखिन्छ’अनुसन्धानमा खटिएको प्रहरीले भन्यो ।

हत्यापछि लामाले सुष्माको मोबाइल र किताब लगेर गएका थिए। फागुन २३ गते गुगलबाट अर्कैको बेहुला बेहुलीको फोटो डाउनलोड गरी त्यसलाई इडिट गरी सरी सबैलाई म तीन दिनपछि आउँछु भन्दै सुष्माको फेसबुक वालमा पोस्ट गरेका थिए। तर भोलिपल्ट उनका आफन्तले प्रहरीमा उजुरी गरेपछि माघ २६ गते रुपेन्द्रले आफूसँग भएको सुस्माको मोबाइलबाट उनकी दिदीलाई म्यासेज गरी किन प्रहरीमा गएको, आफूले विवाह गरेको जान्दा जान्दै भन्दै धम्की दिएकी थिइन्। यता प्रहरीले भने अनुसन्धानमा खटिएको थियो ।