२६ बैशाख २०८१, बुधबार 1715210552
विश्व

अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार खारेज

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी महिलाको गर्भपतन गर्न पाउने संवैधानिक अधिकारको अन्त्य गरिदिएको छ ।

अमेरिकामा करिब आधा शताब्दीदेखि रहेको गर्भपतनलाई दिइएको संवैधानिक संरक्षण सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको हो । सन् १९७३ मा गर्भपतनसम्बन्धी कानुनलाई अमेरिकामा वैध बनाइएको थियो ।

यससँगै अब अमेरिकामा दशौँ लाख महिलाले गर्भपतन सम्बन्धी कानुनी अधिकार गुमाउने बीबीसीले जनाएको छ ।