२३ बैशाख २०८१, आईतवार 1714951279
Banner

बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउने आदेश दिएको छ ।

पाण्डेमाथि ८ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग थियो ।

प्रहरीले उनलाई मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कसुरमा पक्राउ गरी मुद्दा चलाएको थियो ।

जिल्ला अदालत काठमाडौंले पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको यो आदेशसँगै पाण्डेलाई डिल्लीबजार कारागार पठाईएको छ ।