१३ बैशाख २०८१, बिहीबार 1714092008
Banner

मिस नेपाल बनेकी प्रियङ्का रानी पुर्ख्यौली घर प्रवेश गर्दा हजुरआमाले भाबुँक हुँदै भनिन्, आज स्वर्गीय श्रीमानको याद आयो (भिडियो)

काठमाडौं । मिस नेपाल २०२२ की विजेता प्रियङ्का रानी जोशीलाई सोमबार पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ । मिस नेपालको पुर्व तयारीका लागि विगत १० दिनदेखि लाजिम्पाटको पाँचतारे होटल र्‍याडिसनमा बस्दै आएकी उनलाई परिवार र आफन्तले बाजागाजासहित अनामनगर पुर्वगेटस्थित जन्मघरमा भित्र्याएका हुन । सेतो रङको गाडीमा राष्ट्रिय झण्डा फहराउँदै आएकी प्रियंकालाई गृहप्रवेश गर्नुअघि वडा नम्बर २९ का वडाध्यक्षले खादा लगाएर स्वागत गरेका थिए ।

पुर्खेउली घरमा प्रवेश गर्नुअघि मिडियासँग कुरा गर्दै मिस नेपाल प्रियंकाले मिस नेपालले गर्नुपर्ने कार्य कुशलतापूर्वक निर्वाह गर्ने बताइन् । आफूलाई जिताउन भोट दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै अबको आफ्नो यात्रा मिस वर्ल्डको रहने उनको भनाइ थियो ।

नातिनीलाई पुरानो घर प्रवेशको तयारीमा रहेकी ७२ बर्षिय हजुरआमा कमला जोशीले नातिनीले बच्चैदेखि देखेको मिस नेपाल बन्ने सपना पृुराहुँदा स्वर्गीय श्रीमानको निकै नै याद आएको बताईन । उनले भनिन, ‘अरु बेला जे जस्तो भएपनि नातिनातिनाको प्रगती हुँदा श्रीमानको खुबै याद आउने रहेछ ।’ आफना श्रीमानपनि उनको उमेरमा खुबै तहल्का मच्चाउने खालको भएको सम्झिर्दै कमलाले भनिन्, अहिले नाति नातिनामा पनि मेरो श्रीमानको जस्तै प्रतिभा आएको छ त्यसले गर्दा पनि उनलाई धेरै मिस गरेको छु ।’ पुर्खेउली पेसा सुनचाँदीको पसल गर्दै आएका उनका छोराबुहारी भैसेपार्टीको नयाँ घरमा बस्ने गरेको उनले सुनाईन । बुहारी अनिता जोशीले पनि छोरी प्रियंका रानी जोशीको बच्चैदेखिको मिस नेपाल बन्ने सपना पुरा गराउन आफुले खुबै मेहनत गर्नुपरेको सुनाईन । उनले भनिन्, मिस नेपालको हिजोको प्रस्तुतीमा हाम्रो छोरीको मेहनत देख्नुभयो होला नी ? हो त्यसमा मेरो ठुलो लगानी छ ।’ सानै देखि मिस नेपाल बन्ने एउटा धोको पुरा गरेपनि अब मिस वल्र्डको यात्रामा सवैले साथ दिन आमा अनिताले आग्रह गरिन् ।