५ जेष्ठ २०८१, शनिबार 1716096548
Banner

संसदमा लालबाबुको प्रश्न, सम्माननीय सभामुखको जिम्मेवारी र दायित्व हुन्छ कि हुँदैन ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउने सांसद हराए कि संसद्मै छन् भनेर प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण सभामुख अग्निप्रसाद सापकोटाले दिनुपर्ने बताएका हुन् । ‘महाभियोग दर्ता भएको छ । छानबिन समिति गठन भएको छ तर समितिले कहिले काम पाउने हो ? महाभियोग प्रमुख प्रतिपक्षसँग छलफल नगरी ल्याएको र पास हुन सक्दैन भनेर महाभियोग प्रस्तावका प्रस्तावकहरू नै हराइसक्नु भएको हो कि ?

महाअभियोग ल्याएर अगाडि नबढाउनु संवैधानिक व्यवस्थाको दुरुपयोग भएको पण्डितको भनाइ छ ।
‘यसमा सम्माननीय सभामुखको जिम्मेवारी र दायित्व हुन्छ कि हुँदैन ? हुन्छ भने सभामुखले कहिलेबाट हामीलाई विषयवस्तु पठाउनुहुन्छ ? कहिले हामीले काम गर्न पाउने ? देश र जनताले उठेका प्रश्नको जवाफ पाउने ?’ उनले भने, ’त्यसबारेमा समिति सदस्यको रूपमा म सभामुखको विचार जानकारी चाहन्छु ।’