२०७९ आश्विन १६ आईतवार 1664770991
खेलकुद

विमल घर्ती मगरले गरेको एक मात्र गोलले नेपाल विजयी

विमल घर्ती मगरले गरेको एक मात्र गोलमा पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० ले हराएको छ ।


शनिबारदशरथ रंगशालामा भएको खेलमा ५४ औं मिनेटमा अन्जन विष्टको पासमा विमल घर्ती मगरले गोल गर्नुभएको थियो । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गर्नुभएको हो । सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर रहनुभएको थियो ।