१६ बैशाख २०८१, आईतवार 1714283394
कृषि

सामुदायिक बनमा बाघ मृत फेला

पश्चिम नवलपरासी वर्दघाट नगरपालिकाको दाउन्ने देवी सामुदायिक बनबाट मृत अवस्थामा एकपाटे बाघ फेला परेको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका १६ स्थित दाउन्नेदेवी सामुदायिक वन क्षेत्रको भालु खोलामा एकपाटे बाघ मृत फेला परेको सबडिविजन वन कार्यालय वर्दघाटका प्रमुख सहायक बन अधिकृत गिरीराज पन्तले बताउनुभयो ।


आईतवार दाउन्नेदेवी (कुकुरमारा) का स्थानिय महिला जंगलमा घाँसपातका लागि जाने क्रममा दाउन्नेदेवी सामुदायिक बनमा मृत अवस्थामा पाटेबाघ फेला परेको थियो । मृत फेला परेपछि स्थानियवासीले प्रहरीलाई सुचना गरेका थिए । मृत अवस्थामा फेलापरेको बाघको शरीरमा तीन गोली लागेको पाइएको सबडिविजन बन कार्यालय वर्दघाटका प्रमुख सहायक बन अधिकृत पन्तले बताउनुभयो ।

करिब ७ फिट लम्बाई, ३ फिट उचाई रहेको सो बाध १ सय ५० किलो बजनको बयस्क पोथि बाघ रहेको थियो । मृत अवस्थामा फेला परेको उक्त बाघको छाला काडी छाला बन कार्यालयमा नै राखी अन्य शरिर माटोमा गाडिएको सबडिविजन बन कार्यालय वर्दघाटको कम्पाउन्डभित्र गाडिएको बताइएको छ ।

मृत बाघको प्रकृति हेर्दा चोरी निकासी गर्ने मानिसले अन्य बन्यजन्तुहरु मार्न पासो थापेका थिए । पासोमा बाघ परेपछि छाडेर भागेका हुनसक्ने बन कार्यालयले अनुमान गरेको छ । फेला परेको बाघका छाला वा अन्य अंगहरु राष्ट्रिय निकुन्जमा पठाईने बताइएको छ ।