१४ बैशाख २०८१, शुक्रबार 1714172144
Banner

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयको यस्तो रहयो सदभाव र्‍याली (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहले शुक्रबार धन्यवाद र्‍याली निकालेका छन् । मतगणना स्थल राष्ट्रिय सभा गृहबाट निकालिएको र्‍याली सहरको विभिन्न क्षेत्रमा पुगेको छ । सो क्रममा काठमाडौंवासीले घरघरका छत र झ्यालबाट हात हल्लाएर बालेनलाई बधाई दिएका थिए । सडकमै यात्रारत व्यक्तिले आफू सवार सवारी साधनबाटै हात हल्लाएर बधाई दिएका थिए ।

त्यस्तै नवनिर्वाचित उपमेयर नेकपा एमाले सुनिता डंगोलको पनि बाजागाजासहितको रयाली निस्किएको छ । धन्यवाद रयाली भोलि निकाल्ने उनको तयारी रहेपनि आज निर्वाचित भएपछि राष्ट्रिय सभागृहबाट महानगरपालिकाको मुख्यालयसम्म गएका छन् ।

औपचारिक विजय जुलुस भने भोलि ११ बजेदेखि वसन्तपुरबाट निकालिने उपमेयर डंगोलले बताइन् ।

तस्विर : मनिष मगर (सूचनाप्रेस)