२० बैशाख २०८१, बिहीबार 1714705763
शिक्षा /स्वास्थ्य

अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने

पाल्पा- पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावकविहीन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भएको छ । सहाराविहीन बनेका बालबालिकाको पठनपाठनका लागि पालिकाले सहयोग गर्ने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।

cleefjsljxLg afnaflnsf b]pv’/L, % df3 M 3f]/fxL– !(, /fDr]sf] sf]OnfvfgLdf ut kmfu’gdf afaf / dªl;/df cfdf lat]kl5 ;xf/fljxLg ePsf gfgLafa’x? . cleefassf] e”ldsf lgjf{x ug{ k’u]sf 3f]/fxL–$ sf j8fWoIf ledaxfb’/ ;fsL{ ;fydf . t:jL/ M /l~htf clwsf/L÷/f;;

अभिभावकको सहारा नपाएका बालबालिकालाई उचित शिक्षा दिलाउने निर्णय पालिकाले गरेको उहाँले बताउनुभयो । अध्यक्ष थापाले अबको पाँच वर्षमा शिक्षामा विशेष परिवर्तन ल्याउने गरी काम गर्ने योजना रहेको जानकारी दिनुभयो ।

दोस्रो कार्यकालका लागि पुनः पालिका अध्यक्षमा चुनिनुभएका थापाले पाँच वर्षको अवधिमा पालिकाभित्र सबै शिक्षामा एकरुपता ल्याउन संस्थागत विद्यालयलाई सामुदायिक विद्यालय गाभेर पठनपाठन कार्य गरेको बताउनुभयो । धनी र गरिबका बालबालिका एकै विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न र शिक्षाको नाममा चर्को शुल्क उठाउने कार्यले अभिभावक मारमा परेको हुँदा सामुदायिक विद्यालयलाई सुधार गरी संस्थागत विद्यालयमा नै दिने शिक्षा प्रदान गर्दै आएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

उहाँ भन्नुभयो, “एकैपटक ठूलै परिवर्तन हुन्छ भनेर गफ दिनुभन्दा क्रमिकरूपमा काम गरेर देखाउने हो, अबको पाँच वर्ष यहाँका अभिभावक र बालबालिकाले शैक्षिक क्षेत्रमा केही परिवर्तन पाउनुहुनेछ, विज्ञान र प्रविधिमा जोड, असल जनशक्ति उत्पादन, शिक्षा विकासका काम हुनेछन् ।”