१४ बैशाख २०८१, शुक्रबार 1714163121
Banner

रञ्जन कोइरालाको कैद छुट सम्बन्धी फैसला उल्टियो

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद छुट दिने फैसला उल्ट्याएको छ । ११ साउन २०७७ मा श्रीमती गीता ढकालको हत्यामा दोषी ठहरिएका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद सजाय घटाउन गरेको फैसलाविरुद्ध महान्यायधिवक्ता कार्यालयले पुनरावलोकन रिट दायर गरेको थियो ।

कोइरालालाई कर्तव्य ज्यान मुद्दामा कैद सजायमा सर्वोच्च अदालतले नै अघिल्लो वर्ष छुट दिएको थियो । सर्वोच्चको उक्त फैसलाको चौतर्फी आलोचना भएको थियो ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र टंक मोक्तानको इजलासले यस्तो फैसला गरेको हो ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार यसअघि पुनरावेदन अदालतले दिएको फैसलालाई नै आज सर्वोच्चले सदर गरेको छ । कोइरालाले २०६८ सालमा श्रीमती गीताको हत्या गरी शवसमेत नष्ट गरेका थिए ।