१ जेष्ठ २०८१, मंगलवार 1715747903
राजनीति

ताप्लेजुङका बिमल कार्की मृत्यु घटनाको छानबिन गर्न माग

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ का बिमल कार्कीको मृत्यूका विषयमा छानबिन गर्ने बताउनुभएको छ ।

एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको नेतृत्वमा मंगलबार गृह मन्त्रालय पुगेको प्रतिनिधिसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले घटनाको सुस्म रूपमा अनुसन्धान गरिने बताउनुभयो ।

‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा बैशाख २८ गते राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ’, गृहमन्त्री खाँणले भन्नुभयो, ‘छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।’

एमाले नेता थगा सांसद भट्टराईले कार्की मृत्युको घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको थियो । उहाँले घटनाबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री खाँणलाई लिखित पत्र पनि बुझाउनुभएको छ ।

गत बैशाख २८ गते राति खोक्लिङको दुङ्जामा कार्की मृत भेटिएका थिए ।