१४ बैशाख २०८१, शुक्रबार 1714157654
राजनीति

पर्वतमा एमालेका दुई महिला उम्मेदवार निर्विरोध निर्वाचित

पर्वत – स्थानीय तहको निर्वाचनमा पर्वतमा नेकपा एमालेका दुई जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

जिल्लाको मोदी गाउँपालिका वडा नं.४ मा दलित महिला सदस्यमा लक्ष्मी विक र कुस्मा नगरपालिका वडा-१० पिपलटारीमा महिला सदस्यमा विन्दु जिसी थकाली निर्विरोध निर्वाचित हुनुभएको हो ।

सो पदमा अरू कसैको पनि उम्मेदवारी दर्ता नभएको र दाबी विरोध पनि नपरेपछि  उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको  जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।

पर्वतमा सात स्थानीय तहमा ३ सय १९ पदका लागि निर्वाचन हुँदै छ । जसमा ९ सय ५७ जनाले उम्मेदवारी दिएका छन् ।

दुई जना उम्मेदवार निर्विरोध निर्वाचित भएपछि अब ३१७ पदमा प्रतिस्पर्धा हुने भएको छ । दाबी विरोधपछि निर्वाचन कार्यालयले वैशाख १६ गते अन्तिम नामावली प्रकाशन गर्दैछ ।