१४ बैशाख २०८१, शुक्रबार 1714131848
Banner

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। शुक्रबार बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठक लम्बिएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको थियोे ।

बैठक आज विहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । सत्तारुढ गठबन्धनमा कांग्रेसलाई ३ वटा महानगर र ७ वटा उपमहानगरको प्रमुख भाग परेको छ।

निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्नेछ।