८ बैशाख २०८१, शनिबार 1713632889
राजनीति

एमाले सचिवालयको बैठक बस्दै

भक्तपुर । महानगर र उपमहानगरका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ ।


प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको हो । बैठकले निर्वाचन सम्बन्धी अन्य केही महत्वपूर्ण निर्णय समेत गर्ने रिजालले जानकारी दिनुभयो ।