७ जेष्ठ २०८१, सोमबार 1716215771
प्रदेश

मेयरमा उम्मेदवारी दिन सांसद पदबाट राजीनामा

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले आफ्नो सदस्य पदबाट हिजो राजिनामा दिनुभएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनका लागि सो पदबाट राजिनामा दिनुभएको उहाँले जानकारी दिनुभएको छ ।

चितवनको क्षेत्र नं २ को (ख) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित सदस्य सुवेदीले प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष लिखितरुपमा आफ्नो सदस्य पदबाट राजिनामा पत्र बुझाउनुभएको जानकारी दिनुभयो ।