१९ बैशाख २०८१, बुधबार 1714628184
Banner

गभर्नर अधिकारी आजदेखि काममा फर्किने

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन नगरी काममा फर्कने गरी अल्पकालिन अन्तरिम आदेश दिएपछि गभर्नर अधिकारी आजदेखि काममा फर्किने हुनुभएको छ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्धको निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्दै बैशाख १३ गते दुवै पक्षलाई बोलाएको छ । त्यतिबेलासम्म गभर्नर निलम्बन नहुने भएपछि गभर्नर अधिकारी बुधबार नै राष्ट्र बैंकमा काममा फर्किने तयारीमा हुनुहुन्छ । उहाँले भन्नुभयो,,‘सम्मानित सर्वोच्च अदालतले राष्ट्र बैंकको स्वायत्तताको पक्षमा निर्णय दिएको छ। बुधबार देखि काममा फर्कन्छु ।’

न्यायाधीश हरि फुयालको एकल इजलासले गभर्नर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश जारी गरेको हो ।अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाललगायतले बहस गर्नुहुँदै सरकारले बदनीयतपूर्वक गभर्नरलाई निलम्बन गरेको जिकिर गर्नुभएको थियो ।

अछामका पृथ्वीबहादुर शाहले आफू, आफन्त र विभिन्न कम्पनीका नाममा अमेरिकाबाट भित्र्याएको शंकास्पद रकममा छानबिन गर्न सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेर राष्ट्र बैंकले उनका खाताहरू रोक्का राखेसँगै अर्थमन्त्री शर्माले तिनलाई खुलाउन गर्भनरलाई दबाब दिएको दिंदै आइरहेका थिए । अमेरिकामाबाट आएको ४० करोड रकम छुटाउन दबाब दिँदा गर्भनर अधिकारीले नमानेपछि उनलाई निलम्बन गरीएको थियो ।