१४ बैशाख २०८१, शुक्रबार 1714180737
राजनीति

संखुवासभामा पाँचदलीय गठबन्धन बीच सहमति हुन सकेन, काँग्रेसले गरयो उम्मेदवार सिफारिस

काठमाडौं । आगामी ३० बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा संखुवासभामा गठबन्धनसँग सहमति जुटन नसकेपछि नेपाली काँग्रेसले आफना उमेद्धवार सिफारिस गरेको छ । भागबन्डामा कुरा नमिलेपछि पाँचदलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको थियो ।

पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि काँग्रेसले पाँचवटा नगरपालिकाको मेयर उपमेयरको नाम टुंगो गरेको कांग्रेस सभापति दिपक खड्काले बताउनुभयो । काँग्रेसले धर्मदेवी नगरपालिकाको मेयरमा थलकुमार लिखा, उपमेयरमा तारा महत, चैनपुर नगरपालिको मेयरमा ज्ञानवहादुर कार्की, उपममेयरमा अन्जना लिन्थेप, मादी नगरपालिकाको मेयरमा पासाङ्ग शेर्पा, उपमेयरमा तारा कोइराला प्याकुरेल, पाँचखपन नगरपालिकाको मेयरमा विपिन राई, उपमेयरमा सिताकुमारी श्रेष्ठ, खाँदबारी नगरपालिकाको मेयरमा महेश थपलिया उपमेयरमा कमला गुरुङ्गलाई सिफारिस गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले जारी गरेको बिज्ञप्तीमा अझैपनि सहमतिमा आए केही सिटमा हेरफेर गर्न सकिने उल्लेख छ ।