१४ बैशाख २०८१, शुक्रबार 1714151997
Banner

सबै दलसँग एमाले एक्लै भिड्न तयार छ : अध्यक्ष ओली

सोलखुम्बु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग डराएर सत्तागठबन्धन चुनावबाट भाग्न खोजेको बताउनुभएको छ । आज सोलुखुम्बुमा भएको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेपनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’ अध्यक्ष ओलीले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिनु भयो । उहाँले भन्नुभयो, ‘मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु, आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस् ।’

उहाँले सवै दलसँग एमाले एक्लै भिड्न तयार रहेको समेत बताउनुभयो । अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको र आफू त्यसैतर्फ लागिरहेको बताउनु भयो ।