९ जेष्ठ २०८१, बुधबार 1716407882
Banner

भक्तपुरको ओमसाई गाई फर्ममा आगलागी, १८ चौपाया मरे

भक्तपुर, ११ वैशाख : सूर्यविनायक नगरपालिका-१, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज आगलागी हुँदा १७ गाई र एक भैँसीसहितको गाई फार्म जलेर नष्ट भएको छ ।

स्थानीय ईश्वर न्यौपानेले सञ्चालन गरेको फार्ममा बिजुली सर्ट भई आगलागी हुँदा रु २१ लाख ९० हजार बराबरको क्षति भएको सञ्चालक न्यौपानेले जानकारी दिनुभयो । गाईभैँसीलाई दाना पानी हालेर खाना खाने तयारी गर्दा अचानक आगो लागेको देखिएपछि निभाउने प्रयास गर्दागर्दै गाईभैँसीका लागि सुक्खा ओछ्याउने सोत्तरमा आगो सल्किएपछि फार्म नै नष्ट भएको उहाँले बताउनुभयो । आगो लागेपछि स्थानीयवासी, प्रहरी, जुद्ध बारुणयन्त्र भक्तपुरको टोलीले दुई घण्टा पछि आगो निभाएका थिए ।