१८ बैशाख २०८१, मंगलवार 1714480380
Banner

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । उनी लागुऔषध खैरो हेरोइन कारोबारमा दोषी ठहर भएका थिए । उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए ।

उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।