१८ बैशाख २०८१, मंगलवार 1714481682
Banner

डलर ठगी मुद्दामा अर्बपति त्रुओङलाई भियतनाममा मृत्युदण्ड

हनोई। रियल स्टेट व्यवसायी त्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले जनाएको छ । 

सन् २०१२ र २०२२ को बिचमा ६७ वर्षीया ल्यानले गैर कानूनीरूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरू मार्फत रकम लुट्नुभयो र सरकारी अधिकारीलाई घुस खुवाउनुभयो । 

Vietnamese property tycoon Truong My Lan (C) looks on at a court in Ho Chi Minh city on April 11, 2024. A top Vietnamese property tycoon could face the death penalty when she and dozens of other co-accused face verdicts on April 11 in one of the country’s biggest fraud cases over the embezzlement of USD 12.5 billion. (Photo by AFP)

अभियोजकहरूले उहाँको एक हजारभन्दा धेरै सम्पत्ति जफत गरेको दाबी गर्दै संदिग्ध सम्पत्तिको विनियोजन राशि सन् २०२२ मा भियतनामको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ३ प्रतिशत बराबर रहेको बताएका छन् । 

ल्यानले आफूमाथि लगाइएको आरोपहरूको खण्डन गर्नुभएको थियो । आरोप आफू मातहतलाई लगाउनुभएको थियो । अल जजिराका अनुसार उहाँले गत साता अदालतमा आफ्नो अन्तिम बयानमा आत्महत्याको विचार आएको कुरा स्वीकार गर्नुभएको थियो । 

सरकारी सञ्चारमाध्यमका अनुसार उहाँले भन्नुभयो, “मेरो निराशामा मैले मृत्युको बारेमा सोचेँ, मलाई थोरै ज्ञान भएको अत्यन्त प्रतिस्पर्धी उद्योग बैंकिङ क्षेत्रमा प्रवेश गर्ने साहस गरेकामा मलाई अत्यन्त रिस उठेको छ ।”

प्रमुख डेभलपर वान थिन्ह फाटका अध्यक्ष ल्यानलाई बिहीबार हो चि मिन्ह सिटीमा सुनुवाइको अन्त्यमा घोटाला, घुसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको दोषी पाइएको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले बताएको छ । 

गत वर्ष सन् २०२२ मा ल्यानको गिरफ्तारी सन् २०१६ मा सुरु भएको भ्रष्टाचारविरोधी अभियानमा सबैभन्दा हाई–प्रोफाइल गिरफ्तारीमध्येको एक थियो । सन् २०२२ पछि उक्त अभियानले गति लिएको छ । 

कथित ब्लेजिङ फर्नेस अभियानको परिणामस्वरूप सयौँ अधिकारीलाई दण्डित वा कारागार सजाय गरिएको छ । यसबाट भियतनामी राजनीतिमा उच्च तहलाई असर गरेको छ । यसमा दुई राष्ट्रपति र दुई प्रधानमन्त्रीको राजीनामा पनि समावेश छ । रासस / एएनआई