८ जेष्ठ २०८१, मंगलवार 1716302649
Banner

एसइई परीक्षा सकिएपछि रमाईलो गर्दै विद्यार्थीहरु (फोटो फिचर)

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज सकिएको छ। यही चैत १५ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षामा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रकले बताएका छन् । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी थिए ।

यस वर्ष बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३ सय ७० विद्यार्थी सहभागी हुनेछन्। त्यस्तै मधेश प्रदेशबाट ८१ हजार ३ सय १७, लुम्बनी प्रदेशबाट ७९ हजार ५ सय १६, कोशी प्रदेशबाट ७७ हजार ४ सय १५, सुदुरपश्चिम प्रदेशबाट ५५ हजार ७ सय ६८, गण्डकी प्रदेशबाट ४० हजार ९ सय ७७ विद्यार्थी छन्।

सबैभन्दा कम कर्णाली प्रदेशबाट ३९ हजार ६ सय ६८ विद्यार्थी सहभागी हुनेछन्। यो पटक जापानबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी थिए ।

यसबर्षको एसइईमा सुदूरपश्चिम प्रदेशमा एक हजार २१ परीक्षार्थी अनुपस्थित रहेका छन् ।

नियमित तर्फ रहेका ५० हजार छ सय २६ परीक्षार्थीमध्ये आठ सय ३७,प्राविधिक धार तर्फका एक हजार ३१ परीक्षार्थीमध्ये छ जना र ग्रेडवृद्धि तर्फका एक हजार तीन सय १७ मध्ये एकसय ७८ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास निर्देशनालय दीपायलले जनाएको छ । त्यस्तै रौतहटका विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय भन्दा बढी मोबाईल बरामद भएका थिए । छिटफुट घटना बाहेक अन्य क्षेत्रमा शान्तिपुर्ण रुपमा एसइई सकिएको बताइएको छ ।