१५ बैशाख २०८१, शनिबार 1714262326
Banner

धनगढीका मेयर हमालकी छोरी भेटिइन्

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । ओशो ध्यानका लागि भारतको गोवामा रहेकी हमालकी जेठी छोरी आरती हमाल सोमबारदेखि सम्पर्कविहीन बनेकी थिइन् ।

बुधबार हमालले फेसबुकमार्फत् आरती परिवारको सम्पर्कमा आएको जानकारी गराएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबैको खोजीको प्रयासले मेरो जेठी छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्णमा जानकारी गराउँछु । जेठी छोरी, कान्छी छोरी र ज्वाइँसग रहेको जानकारी गराउँछु ।’

उनी कहाँ के कारणले हराइन् भन्नेबारेमा भने हमालले केही खुलाएका छैनन् । मंगलबार उनले छोरी आरती सम्पर्कविहीन भएको भन्दै गोवामा रहेका शुभचिन्तकलाई खोजीका लागि सहयोग गरिदिन आग्रह गरेका थिए ।

आरती गोवाको जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएकी थिइन् ।