२ जेष्ठ २०८१, बुधबार 1715784187
समाचार

मकवानपुरमा बाघको आक्रमणबाट चारवटा गाइको मृत्यु

मकवानपुर। मकवानपुरमा बाघको आक्रमणबाट चारवटा गाइको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–७ मनसाही जरायोटारमा बाघको आक्रमणबाट चारवटा गाइको मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्थानीय ६५ वर्षिय रुद्र बहादुर रानाको ४ वटा गाई चराउनको लागी मनकामना सामुदायिक बनमा छाडेकोमा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । स्थानीय मनकामना सामुदायिक बनमा ४ वटा गाई मृत अबस्थामा फेला परेको भनी टेलिफोन मार्फत स्थानियले जानकारी गराए पश्चात प्रहरी चौकी झुरझुरेबाट प्रहरी टोली खटी गई हेर्दा बाघले २ वटा गाईको पछाडीको शरिरको भाग खाएको २ वटा आक्रमण गरि मारेको प्रहरीले जनाएको छ ।