८ जेष्ठ २०८१, मंगलवार 1716354587
Banner

राष्ट्रपतिलाई धन्यवाद समेत नदिएको विषयलाई लिएर सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं । काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

प्रतिपक्षीको अवरोधका कारण मंगलबार संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई लिएर सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसँग छलपल गर्नुभएको हो ।

नीति तथा कार्यक्रम पेश हुनुअघि कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा ध्यानाकर्षष गराउनुभएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको सदन हिजो राष्ट्रपतिले नीति तथा कार्याक्रम सार्वजनिक गर्न दिएका थिए । त्यसलगतै विरोध जनाएका थिए । सोही कारण संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित हुन सकेन ।