१६ बैशाख २०८१, आईतवार 1714337756
Banner

कन्सर्ट स्थलमा बन्दुकधारीले आक्रमण गर्दा मस्कोमा ४० जनाको मृत्यु, सय बढी घाइते

काठमाडौं- मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट स्थलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ४० जनाको मृत्यु भएको रुसी गुप्तचर निकायले जनाएको छ ।

मस्कोस्थित क्रोकस सिटी हलमा भइरहेको कन्सर्टमा बन्दुकधारीले बिस्फोट र जथाभावी बन्दुक प्रहार गर्दा सय भन्दा बढी घाइते भएका छन् ।

इस्लामिक स्टेट समूहले आक्रमण आफूले गराएको दाबी गरेको छ । तर यस बारेमा रुसले कुनै टिप्पणी गरेको छैन । सो हलको कम्प्लेक्सको छतमा ठूलो आगो लागेको छ र रूसको राष्ट्रिय गार्डले बन्दुकधारीहरूको खोजी गरिरहेको बताइएको छ ।

अमेरिकाको ह्वाइट हाउसले स्थितिको बारेमा थप जानकारी लिन काम गरिरहेको र युक्रेनले आक्रमणमा कुनै पनि संलग्नता अस्वीकार गरेको बताएको छ ।