२ जेष्ठ २०८१, बुधबार 1715783692
Banner

भोजपुरको पिप्लेमा आगो लाग्दा एउटै घरका ३ बालबालिकाको मृत्यु

टक्सार (भोजपुर), चैत : भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगोलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नं ७ पात्लेपानीमा भएको आगोलागीमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले राससलाई जानकारी दिनुभयो ।

आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी राईले जानकारी दिनुभयो ।