२७ बैशाख २०८१, बिहीबार 1715295378
Banner

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज : कांग्रेसका युवराज शर्मा र माओवादीका नारायण दाहाल उम्मेदवार

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ ।

निर्वाचन प्रक्रियाअन्तर्गत हिजो उमेदवारी दर्ता भएको थियो । राष्ट्रिय सभा अध्यक्षका लागि माओवादी केन्द्रका नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनले अध्यक्ष सहजै जित्ने अंकगणित छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा सत्ता गठबन्धनतर्फ माओवादीका १७, एमालेका १०, नेकपा एसका ८ र जसपाका ३ गरी ३८ सदस्य छन् ।

अर्कोतिर कांग्रेसको १६, र लोसपाका एक सांसद मात्रै छन् ।